काठमाडौं उपत्यकामा पनि भाडा दर बढ्यो
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादरमा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ ।
नयाँ भाडादर अनुसार काठमाडौँ उपत्यकाभित्र र बाहिरका रुटहरूमा फरक–फरक दर कायम गरिएको छ । उपत्यकामा चल्ने सार्वजनिक सवारीमा दूरीका आधारमा भाडा समायोजन गरिएको छ। अब उपत्यकामा यात्रा गर्दा न्यूनतम भाडा २४ रुपैयाँ तिर्नु पर्ने छ ।
काठमाडौँ उपत्यकाको भाडादरः
० देखि ५ किलोमिटरसम्मः२४ रुपैयाँ
० देखि १० किलोमिटरसम्म: ३३ रुपैयाँ
० देखि १५ किलोमिटरसम्म: ३९ रुपैयाँ
० देखि २० किलोमिटरसम्म: ४४ रुपैयाँ
२० किलोमिटरभन्दा माथि: ५० रुपैयाँ
अहिले ५ रूपैयाँ भन्दा कम चानचुन पैसाको चलन हराएको छ। त्यसैले यो भाडादर वृद्वि व्यवहारिक भएन भन्ने यात्रुहरूको गुनासो छ।
त्यसैले मन्त्रालयले ६ किमीसम्म २५ रूपैयाँ,८ किमीसम्म ३० रूपैयाँ, १३ किमीसम्म ३५ रूपैयाँ १५ किमीसम्म ४० रूपैयाँ,२० किमीसम्म ४५ रूपैयाँ र २७ किमीसम्म ५० रूपैयाँ तोकेको भए व्यवहारिक हुने उपभोक्तावादी संघ–संस्था र यात्रुहरूले बताएका छन।
विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी साधनको हकमा भने २०७९/०१/०१ देखि लागू गरिएको पुरानै भाडादर कायम रहने मन्त्रालयले जनाएको छ ।

























