एक्काईस कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको ताकेता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत २१ कम्पनीलाई वार्षिक नवीकरण शुल्क बुझाउन पत्राचार गरिएको छ ।
धितोपत्रको वार्षिक नवीकरण शुल्क हालसम्म नबुझाएका कम्पनीहरुलाई बाँकी बक्यौता रकम जरिवानासहित बुझाउन नेप्सेले सुझाएको हो ।
५० करोडसम्म चुक्ता पूँजी भएको कम्पनीको धितोपत्रको वार्षिक नवीकरण शुल्क रु. ५०००० र ५० करोड भन्दा माथिको कम्पनीको रु. १००००० वार्षिक नवीकरण शुल्क लाग्ने छ ।
तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने नेप्सेले उल्लेख गरेको छ । वार्षिक शुल्क नबुझाउने कम्पनी अधिकांश बन्द अवस्थामा रहेका छन् ।
























