stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सार्वजनिक यातायातको भाडामा वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । विभागले १३ वटा सूचकको विश्लेषण तथा इन्धनको मूल्यमा आएको परिवर्तनका आधारमा यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा वृद्धि गरेको हो ।

परिमार्जित भाडादर अनुसार पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १५.७५ प्रतिशत भाडा वृद्धि गरी समायोजन गरिएको विभागले जनाएको छ ।

विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा स्वचालित रूपमा भाडा समायोजन हुने व्यवस्था छ । यसअघि डिजेलको मूल्य प्रतिलिटर १५० रुपियाँ हुँदा २०८१ पुस २२ गते पछिल्लो पटक भाडा समायोजन गरिएको थियो ।

विसं २०७२ देखि लागू गरिएको वैज्ञानिक भाडादर प्रणाली अन्तर्गत इन्धन र अन्य प्राविधिक सूचकलाई आधार मानी भाडादर स्वचालित रूपमा समायोजन हुँदै आएको छ । नयाँ भाडादर आजैका मितिदेखि लागू हुने गरी विभागले सम्बन्धित सबै निकायलाई जानकारी गराएको छ ।

prabhu mahalaxmi
kumari