stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

चिकित्सक अनिवार्य दरबन्दी स्थल जानुपर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३३ जना विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासकको काज फिर्ता गरेको छ ।

मन्त्रालयले पहुँचका आधारमा सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर लामो समयदेखि कार्यरत विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासकको दरबन्दी भएको स्थानमै पठाउने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताको निर्देशनमा सहरी क्षेत्रमा रहेर काम गरिरहेका तर दरबन्दी अन्यत्र भएका विशेषज्ञ चिकित्सकलाई दरबन्दी भएकै स्थानमा पठाउने निर्णय गरेको हो ।

मन्त्रालयका सचिव डा। विकास देवकोटाले स्वास्थ्य सेवामा सन्तुलन कायम गर्ने उद्देश्यले मन्त्रालयले काज फिर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले दुर्गम क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा सुनिश्चित गर्ने उद्देश्यले पहिलो चरणमा २१ र दोस्रो चरणमा ३३ जनाको काज फिर्ता पठाएको जानकारी गराउनुभयो ।

उहाँले आठौँ, नवौँ तथा १० औँ तहका विशेषज्ञ चिकित्सकलाई फिर्ता पठाइएको जानकारी दिँदै दुर्गम जिल्लाका अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव न्यूनीकरण गर्न मन्त्रालयले यस्तो निर्णय गर्नु परेको बताउनुभयो ।

पहुँचका आधारमा सुगम रोज्ने प्रवृत्तिलाई अन्त्य गर्न तथा आमनागरिकले आफ्नै क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न यो अभियान सुरु गरिएको उहाँको भनाइ छ ।

“सरकारको प्राथमिकता दुर्गमका नागरिकसम्म विशेषज्ञ सेवा पु¥याउनु हो,” देवकोटाले थप्नुभयो, “त्यसैले काज व्यवस्थापनलाई व्यवस्थित गर्दै दरबन्दी अनुसारको कार्यस्थलमा जनशक्ति परिचालन गरिएको हो ।” मन्त्रालयले सुदूरपश्चिमको डडेलधुरा अस्पताल, मधेश प्रदेशको नारायणी अस्पताल, वीरगन्ज तथा सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई प्राथमिकतामा राखी काज फिर्ता गर्ने निर्णय गरेको छ । उक्त निर्णय अनुसार डडेलधुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगन्जमा पाँच जना तथा गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता पठाइएको मन्त्रालयले जनाएको छ ।

सचिव देवकोटाका अनुसार मन्त्रालयको निर्णय अनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पताल जस्ता केन्द्रीय अस्पतालमा काजमा रहेका विशेषज्ञलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्रनारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ । पु¥या

prabhu mahalaxmi
kumari