stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आज चैत २२ गतेबाट बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद शेयर बिक्री खुला गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आज चैत २२ गतेबाट आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीेले हाल कायम चुुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्त हकप्रद शेयर जारी गर्नेछ।

लगानीकर्ताले यो हकप्रद शेयरमा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

आवेदन २०८३ वैशाख १३ गतेसम्म दिन सकिनेछ। यो हकप्रद शेयरबाट बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari