stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

गणपति लघुवित्त वित्तीय संस्थाको नवौँ वार्षिक साधारण सभा चैत १३ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा चैत १३ गते शुक्रबार गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको फागुन १५ गते शुक्रबारका दिन बसेको १४० औं बैठकको निर्णय अनुसार साधारण सभाको मिति तय भएको हो ।

साधारण सभाले सञ्चालक समितिका अध्यक्षले पेश गरेको वार्षिक प्रतिवेदन पारित गर्ने,२०८२ साल असार मसान्तसम्मको लेखापरीक्षकको प्रतिवेदन र वासलात सहित आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ । साधारण सभा बिहानको ११ः३० बजे होटल डेब्रेक, पोखरा ३१ बेगनास कास्कीमा गर्ने भएको हो ।

prabhu mahalaxmi
kumari