stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

गुडविल फाइनान्सको ३१औं वार्षिक साधारण सभा चैत १० गते

शेयरधनीहरुलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । गुडविल फाइनान्स कम्पनी लिमिटेडले ३१औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आगामी चैत १० गते काठमाडौँको हात्तिसारमा रहेको गुडविल कम्प्लेक्समा बिहान ११ बजेदेखि सुरु हुने गरी आव्हान गरेको हो।

शेयरधनीहरुलाई भने कुनै लाभांश प्रस्ताव गरेको छैन । साधारण सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गर्ने छ ।

साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।

prabhu mahalaxmi
kumari