stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

स्वाभिमान लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत लाभांश घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गरेको हो ।

यसमध्ये ९.५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५ प्रतिशत नगद लाभांश रहेको छ। फागुन १५ गते शुक्रबार गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ। स्वाभिमान लघुवित्त अगस्ट १७, २०१६ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको थियो र मे ९, २०१७ मा नेपाल राष्ट्र बैंकबाट ुघु वर्गको वित्तीय संस्थाको रूपमा काम गर्न सञ्चालन इजाजतपत्र प्राप्त गरेको थियो ।

यसको लुम्बिनी प्रदेशमा काम गर्ने इजाजतपत्र छ। यसको कार्यक्षेत्र रुपन्देही, कपिलवस्तु, पाल्पा, सल्यान, रोल्पा, प्यूठान, नवलपरासी, गुल्मी, अर्घाखाँची, दाङ, बाँके र बर्दिया जिल्ला रहेका छन्।

यस संस्थाको केन्द्रीय कार्यालय तिलोत्तमा नगरपालिका–५ रूपन्देहीमा अवस्थित छ। यसले ८ जिल्लाका विभिन्न स्थानहरूमा अवस्थित ३६ शाखाहरू मार्फत सञ्चालन गर्दै आएको छ।

prabhu mahalaxmi
kumari