stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

शिखर पावर डेभलपमेन्टको आइपीओ आजबाट बिक्री खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज फागुन १७ गतेदेखि शिखर पावर डेभलपमेन्टले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपीओ बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई आइपीओ ल्याउने भएको हो।

कम्पनीले १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोष र ४४ हजार ४०० कित्ता आफ्ना कर्मचारीलाई छुट्याएर १०० रुपैयाँ अंकित दरका बाँकी १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्नेछ।

यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

यो आइपीओको निष्कासन बन्द छिटोमा फागुन २२ गते र ढिलोमा चैत १ गते बैंकिङ समयपछि हुनेछ। आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

prabhu mahalaxmi
kumari