stcnepal long ad
global ime bank long

टक्सार पिखुवा खोला हाइड्रोपावरले फागुन २७ गतेबाट आइपीओ ल्याउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले यही फागुन २७ गतेबाट आइपीओ ल्याउने भएको छ। हाइड्रोपावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ निष्कासन गर्ने भएको छ।

स्थानीयका लागि यो आइपीओ निष्कासन बन्द छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गते तथा वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गते बैंकिङ समयपछि बन्द हुनेछ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५।३६ प्रतिशतले हुन आउने ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ३० हजार ६६८ कित्ता निष्कासन गर्ने अनुमति पाएको छ।

त्यसमध्ये आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि १० प्रतिशतले हुन आउने १२ लाख कित्ता र सर्वसाधारणलाई छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ।

यो आइपीओमा दुवै समूहले न्यूनतममा १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

भोजपुरबासीले भने प्रभु बैंकको भोजपुर, प्याउली र हटुवागढी शाखा, सिटिजन्स बैंकको भोजपुर शाखा तथा प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन्। टक्सार पिखुवा खोला हाइड्रोपावरको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

IME Lifesidebar
kumari