stcnepal long ad
ime life insurance
global ime bank long

आशा लघुवित्त वित्तीय संस्थाको बोनस शेयर डिम्याट खातामा जम्मा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत पुस ४ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ।

कम्पनीको साधारणसभाले चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर २२ गते बूक क्लोज गरेकोले सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कायम शेयरधनीको डिम्याट खातामा सभाले पारित गरेको बोनस शेयर जम्मा गरिसकिएको कम्पनीले जानकारी दिएको छ।

साथै मंसिर २१ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको बोनस शेयर कर्जा प्रवाह गर्ने बैंकरवित्तीय संस्थाको नाममा नै रोक्का जनाइएकोले कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंकरवित्तीय संस्थामा सम्पर्क गरी बोनस शेयर फुकुवा गर्न आग्रह समेत गरेको छ। कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari