stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा २९.३४ प्रतिशतले बृद्वि

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्म ४ करोड ५७ लाख ४४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २९.३४ प्रतिशत अर्थात १ करोड ३ लाख ७८ हजार रुपैयाँ मुनाफा बढी हो ।

गत आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा कम्पनीले ३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । चालु आर्थिक वर्षको पुससम्ममा कम्पनीले ६ अर्ब ४१ करोड ७६ लाख १३ हजार रुपैयाँ बिक्री कारोवार आम्दानी गरेको गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब ५८ करोड ३५ लाख रुपैयाँ बिक्री कारोवार आम्दानी गरेको थियो ।

यस्तै चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्त सम्मको अवधिमा कम्पनीको अन्य आम्दानी २२ करोड २५ लाख रुपैयाँ रहेको छ । गत वर्षको पुस सम्ममा २ करोड ५७ लाख रुपैयाँ मात्रै अन्य आम्दानी थियो । चालु आर्थिक वर्षको ६ महिनामा कर्पोरेशनले ४४ करोड ९२ लाख ३२ हजार रुपैयाँ कुल मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कर्पोरेशनले ५५ करोड १८ लाख रुपैयाँ कुल नाफा गरेको थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कर्पोरेशनको बिक्री लागत ५ अर्ब ९६ करोड ८३ लाख ८० हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा कर्पोरेशनको ४ अर्ब ३ करोड १६ लाख ४७ हजार रुपैयाँ बिक्री लागत रहेको थियो । समीक्षा अवधिमा कर्पोरेशनको कर्मचारी खर्च २१ करोड २९ लाख ६४ हजार रुपैयाँ, प्रशासकीय खर्च ९ करोड ४४ लाख ३८ हजार रुपैयाँ, ब्याज खर्च १६ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कर्पोरेसनको ३५ करोड २७ लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ। यस्तै जगेडा कोषमा १ अर्ब ३५ करोड १३ लाख ९९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १२.९७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ३५९.६० रुपैयाँ रहेको छ ।

नुनको उपभोग बढयो

जंगफुडको प्रचलन बढदै गएपछि उपभोक्ताहरूले नुनको सेवन बढी गर्दै आएका छन। मानिसहरूले दैनिक बढी आइटमका खाद्य वस्तु भोजन गरिरहदा शरिरलाई चाहिने आवश्यकता भन्दा बढी नुनको सेवन गरिरहेका छन। त्यसले मानिसको स्वास्थ्यमा असर पारिरहेको छ। बढी मात्रामा नुनको उपभोगले स्वास्थ्यलाई असर पर्ने देखिएको छ ।

चाउचाउ, दालमोड, कुरकुरे, विस्कुट, मम, चाउमिन, पिजा, सेकुवा, सुप आदिमा बढी नुनको प्रयोग हुँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यक्तिले दिनमा पाँच ग्राम (एक चम्चा) नुनको उपभोग गर्नुपर्नेमा नेपालमा तोकिएको मापदण्डभन्दा दोब्बर उपभोग हुँदा स्वास्थ्यलाई असर पर्ने देखिएको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चले केही दिन अगाडि आयोजना गरेको ‘आयोडिनयुक्त नुनको उपभोग, यसको गुणस्तर र बजारको अवस्था’ विषयक अन्तक्रियामा जनस्वास्थ्यविद डा. अरुणा उप्रेतीले नुन र औषधी बढी उपभोग गरे विष हुन सक्ने भएकाले तोकिएको मात्रामा मात्र प्रयोग गर्नुपर्ने जानकारी दिएकी थिइन ।

डा. उप्रेतीका अनुसार जति नुनको मात्रा खानुपर्ने हो त्यसभन्दा बढी उपभोग भइरहेको छ । नुन बढी खाँदा मुटु, मिर्गौला र फोक्सोमा असर पर्न सक्छ । डा. उप्रेतीले नुनमा आयोडिनको मात्रा बढी भएको अध्ययनले देखाएकाले ध्यान दिएर नुनको प्रयोग गर्नुपर्ने बताएकी थिइन ।

कर्पोरेसनले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड र स्वास्थ्य मन्त्रालयको चिकित्सक टिमको सिफारिस बमोजिमको मापदण्डअनुसार आयोडिन मिसावट गर्दै आएकाले बढी आयोडिन मिसाइयो भन्न्नु उचित हुँदैन। नुनमा अन्य देशको भन्दा नेपालमा आयोडिनको मात्रा कम मिसाइएको साल्ट ट्रेडिङ कर्पोरेशनका अधिकारीहरूको दाबी छ।

विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य विज्ञहरूको सुझाव अनुसार नुनमा आयोडिनको मात्रा मिसाइदै आएको छ। नेपालमा नुनको खाने तरिका अनुसार पनि कम आयोडिन मिसाइएको छ। नुनमा आयोडिन मिसाइएपछि गलगाड रोग नियन्त्रण हुँदै आएको छ। अहिले मानिसमा गलगाड रोग देखिएको छैन। यसमा आयोडिनयुक्त नुनको सेवनले ठुलो प्रभाव पारेको छ।

 

prabhu mahalaxmi
kumari