stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकको फागुन २८ गते १८औं वार्षिक साधारणसभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा फागुन २८ गते विहिबार गर्ने भएको छ । बैंकको फागुन ५ गते मंगलबार अपरान्ह बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार सभाको मिति तय भएको हो ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको ज्योति विकास बैंकको २०८२ आषाढ मसान्तसम्मको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

साधारण सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ । साधारण सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बिहान ११ बजे बस्ने भएको छ ।

 

IME Lifesidebar
kumari