stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

नेपाल बैंक र एभरेष्ट हस्पिटलबीच छुट सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारलाई काठमाडौं नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक, बैंकमा कार्यरत कर्मचारी र कर्मचारीका परिवारहरुलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटलको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरे ।

prabhu mahalaxmi
kumari