stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

संयुक्त सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा धर्मराज पोखरेल निर्वाचित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संयुक्त सामान ढुवानी व्यवसायी संघको ८ औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट धर्मराज पोखरेलको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको छ ।

संघको उपाध्यक्षमा जय प्रसाद भट्टराई, सचिवमा कुमार श्रेष्ठ, सह–सचिवमा नवराज भुजेल, कोषाध्यक्षमा प्रकाशसिंह धामी निर्वाचित भएका छन् । संघको कार्यसमिति सदस्यमा सुजन सिलवाल, राजकुमार बि।सी, निरज श्रेष्ठ, कान्तिकुमारी खड्का निर्वाचित भएका छन् ।

संघको साधारण सभामा दुवानी व्यवसायी महासंघ नेपालका अध्यक्ष माधव प्रसाद नेपालले राज्यले ढुवानी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन आवश्यक रहेको बताए ।

उनले ढुुवानी व्यवसायीलाई राजस्व अनुसन्धानको नाममा अनावश्यक दुःख दिने काम हुने गरेको र बजेटमा पनि व्यवसायी मैत्री कर प्रणाली लागू गुर्नपर्नेमा जोड दिए।

उनले भने, ‘हामी सरकारका निकायसँग समन्वय गरेर अघि बढेका छौँ। यस व्यवसायलाई मर्यादित र व्यवस्थित गर्ने दायित्व राज्यको हो।

काठमाडौँमा ट्रान्सपोर्ट नगरको आवश्यकता छ। राज्यले व्यवसायीलाई जग्गा उपलब्ध गराएर यस व्यवसायको व्यवस्थापनमा महासंघसँग समन्वय गरेर सरकार अघि बढ्न आवश्यक छ।’

उनले यस व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्या भएको र यसलाई न्यूनिकरण गर्न व्यवसायी पनि जिम्मेवार हुनुपर्नेमा जोड दिए।

prabhu mahalaxmi
kumari