stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं उपत्यका खानेपानी लिमिटेड पनि एनसीएचएलमा आबद्ध

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले नेपाल क्लियरिङ्ग हाउससँग भुक्तानी सम्बन्धी कारोबारहरुलाई अटोमेट गर्न सम्झौता गरेर एनसीएचएलको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी (संकलन तथा वितरण) शुरु गरेको छ ।

सम्झौता पत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका तर्फबाट संस्थाका कार्यकारी निर्देशक अशोक कुमार पौडेल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौता पश्चात् काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न शुरु गरेको हो ।

यस अन्तर्गत काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एनसीएचएल आइसीएस र आरपीएस प्रणालीहरु मार्फत तलब भुक्तानी, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु गर्नसक्नेछन ।

उक्त कारोबारहरु केयूकेएलको बैंक खाताबाट सोझै लाभग्राही वा ग्राहकहरुले आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । साथै, केयूकेएलले अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू गर्ने योजना रहेको छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एनपीएलमा हाल ५३ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपीर पिएसओ, रेमिटेन्स कम्पनीहरु, लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ११० भन्दा बढि गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् । यस मार्फत सदस्यहरुले संस्थाहरुको एनसीएचएल आइसीएस र आरपीएस प्रणालीहरुको प्रयोग गर्न सक्छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यका भित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी प्राप्त गरेको छ ।

केयुकेएलको सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले संस्थाले लामो समयदेखि आवश्यक रहेको डिजिटाइजेशन अभियानको थालनी गर्दै आफ्न बिलिङ्ग तथा भुक्तानी प्रक्रियाहरु स्वचालित गर्ने पहल गरेकोछ ।

IME Lifesidebar
kumari