stcnepal long ad
global ime bank long

देउराली जनता फर्मास्युटिकल्सले चितवनमा बेग्लै कारखाना खोल्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ। देउराली जनता फर्मास्युटिकल्सले चार अर्ब ७५ करोड रुपियाँको लगानीमा चितवनमा कारखाना सञ्चालनमा ल्याउने भएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष हरिभक्त शर्माले त्यस्तो कारखानामा ५५० जनालाई प्रत्यक्ष रोजगारी दिने जानकारी गराउनुभयो ।

उहाँले विगतका अनुभवको उपयोग गर्दै औषधीको गुणात्मक स्तरवृद्धि गरी राष्ट्रलाई औषधीमा आत्मनिर्भर बनाउन योगदान गर्न आफूहरू सङ्कल्पसाथ लागिपरेको बताउनुभयो । उहाँका अनुसार प्रस्तावित नयाँ कारखाना दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

अध्यक्ष शर्माले देउराली–जनता फर्मास्युटिकल्सले ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधी स्वदेशमै उत्पादन गरी स्वास्थ्यसेवामा समर्पित रहँदै आएको उल्लेख गर्नुभयो ।

उहाँले कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवनरक्षक औषधी र विभिन्न दीर्घरोगको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याबलेट, लिक्युड तथा पाउडरको उत्पादन गर्ने बताउनुभयो । कम्पनीले २९६ प्रकारका जीवनरक्षक औषधी उत्पादन तथा अनुसन्धान गर्ने जानकारी दिँदै उहाँले उत्पादित औषधीको गुणस्तर कायम गर्ने तथा अत्याधुनिक प्रविधि र उपकरणसहितको सुविधा सम्पन्न कारखाना निर्माण गरी अन्तर्राष्ट्रियस्तरमा समेत निर्यात गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

वैज्ञानिक, प्राविधिकलगायत सबै तहमा कार्यरत ६७५ जना जनशक्तिलाई हाल प्रत्यक्ष रोजगारी दिएको उहाँको भनाइ छ । कम्पनीका निर्देशक आयुशभक्त पौडेलले कम्पनीले सुस्वास्थ्य, आरोग्य, निरोग, दिव्यम, आरम्भलगायतका डिभजनको स्थापना गरी औषधी उत्पादन गर्दै आएको बताउनुभयो । देउराली जनता नेपालको औषधी उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एक मात्र उद्योगका रूपमा स्थापित भएको बताउनुभयो ।

IME Lifesidebar
kumari