stcnepal long ad
global ime bank long

माछापुच्छ्रे बैंकले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को यही अवधिसम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २५.२५ प्रतिशतले बढेको छ।

समीक्षा वर्षसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ। दोस्रो त्रैमाससम्म बैंकको लाभांश वितरण गर्ने क्षमता ७.२२ प्रतिशत देखिएको छ।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब ४५ करोड ६८ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ६२ करोड २७ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा १०.२२ प्रतिशतले घटेको छ।

दोस्रो त्रैमाससम्म बैंकले २ अर्ब ९४ करोड १० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ४.१६ प्रतिशतले बढेको छ।

चुक्तापुँजी १२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रेटिन्ड अर्निङ ४३ करोड ६३ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ९८ करोड १८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ३ करोड ८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ६३ लाख रुपैयाँ र रिजर्भमा ६ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ थियो।

समीक्षा वर्षसम्म बैंकले २ खर्ब ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले १ अर्ब ८४ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४१ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। पछिल्लो ६ महिनामा बैंकको व्यापार बढेको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ४.२५ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ४.५४ प्रतिशत थियो।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.७३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.३६ रुपैयाँमा सीमित थियो। पीई रेसियो १३.६१ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६१।६ रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari