stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल एयरलाइन्सको महाप्रबन्धकमा आवेदन दिएका १० जना अन्तर्वार्ताका लागि छानियो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को महाप्रबन्धक पदमा १० जना उम्मेदवारलाई कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छानिएको छ ।

कुल १६ जनाको आवेदन परेकोमा नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट कार्यविधि २०८२ बमोजिम रीतपूर्वक आवेदन दिने १० जनाको नाम कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छानिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार यो सूचीमा निगममै कार्यरत वरिष्ठ पाइलट दिपु ज्वार्चन र टंकनिधि दाहालसहित उपेन्द्रबहादुर कार्की, डा. दीपकप्रसाद बास्तोला, डा. भीमबहादुर चन्द, योगराज कँडेल, विष्णुबाबु मिश्र, बेदप्रसाद उप्रेती, सञ्जयकुमार सिंह र सन्तुष्टकुमार बस्नेत रहेका छन् ।

उनीहरुको माघ १४ र १५ मा कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता हुने मन्त्रालयले जनाएको छ । त्यसपछि तीन जनाको नाम नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गरिने छ ।

prabhu mahalaxmi
kumari