stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

अण्डाको नयाँ मूल्य तोकियो, माघ ५ देखि लागु हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको काठमाडौँमा सम्पन्न बैठकले अण्डा उत्पादक किसानको सिफारिसअनुसार मूल्य समायोजन गर्ने निर्णय गरेको हो ।

संघका अनुसार २०८२ साल माघ ४ गते बसेको कार्यसमितिको निर्णय अनुसार माघ ५ गतेदेखि लागु हुने गरी चितवनलाई आधार मानी अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरिएको छ ।

नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको फार्म मूल्य प्रतिक्रेट ४८० रुपैयाँ, ठूलो अण्डाको ४६५ रुपैयाँ र मिडियम अण्डाको ४४५ रुपैयाँ तोकिएको छ ।

संघले चितवनबाट लोड भई देशभर अण्डा बिक्री–वितरण गर्दा दूरीअनुसार भाडा, कार्ड र क्रेटसहित प्रतिपेटी १३० रुपैयाँ लाग्ने जनाएको छ ।

संघका सचिव मदन पोखरेलले तोकिएको मूल्यअनुसार अण्डाको बिक्री–वितरण गर्न सबै सरोकारवालालाई अनुरोध गरेका छन् ।

prabhu mahalaxmi
kumari