stcnepal long ad
ime life insurance
national life
global ime bank long

आठौं कृषि अन्तर्राष्ट्रिय प्रदर्शनी माघ २ देखि ४ गतेसम्म आयोजना हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भरतपुर । कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजना हुन लागेको ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ प्रति देशभरका कृषि उद्यमी, किसान, सरोकार निकाय, तथा व्यवसायिक प्रतिष्ठानहरूको उल्लेखनीय चासो देखिएको छ ।

आयोजक मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. का अनुसार चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ भने हाल सीमित स्टल मात्र उपलब्ध रहेका छन्।

एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ– बिजन, मल, किटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहनेछ। यसले किसान र व्यवसायीलाई एकै थलोमा आधुनिक प्रविधि अवलोकन तथा प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्नेछ।

यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यवसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म हो । विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि यसले व्यवहारिक ज्ञान र नेटवर्किङको अवसर प्रदान गर्नेछ।

IME Lifesidebar
kumari