हिमालयन लाइफ इन्स्योरेन्सको ५ लाख ३६ हजार बढी कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको ५ लाख ३६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको ५ लाख ३६ हजार २२५ कित्ता शेयर बिक्रीमा राखिएको हो।
यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन कम्पनीको कानुन विभागमा लिखित रुपमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको समय दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।





























