नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको १२औं वार्षिक साधारण सभा सम्पन्न
नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज (NICCI) ले काठमाडौमा आफ्नो १२औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । यस साधारण भा मार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।
सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । NICCI का अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको सहयोगको महत्व उल्लेख गर्नुभयो ।
वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ, जसले उहाँको नेतृत्व र चेम्बरप्रतिको दृष्टिकोणमा सदस्यहरूको निरन्तर विश्वासलाई प्रतिबिम्बित गर्दछ । साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि NICCI का रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा NICCI को भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा श्री भिनोद सग्तानीलाई ‘Member of the Year 2025’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई‘NICCI CSR Community 2025 Award’ प्रदान गरियो । नेपाल र इटालीबीच व्यापार–व्यवसाय सहकार्य, लगानी सहजिकरण तथा पर्यटन क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो ।




























