stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

औद्योगिक विकासबाट आर्थिक समृद्धि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

गैँडाकोट। पूर्वी नवलपरासीको गैँडाकोट र देवचुलीमा एकै पटक महोत्सव सुरु भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैँडाकोट महोत्सवको उद्घाटन गर्दै उद्योग वाणिज्य क्षेत्रको विकासबिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताउनुभयो ।

उहाँले उद्योग क्षेत्रको विकासमा सबैले लागिपरेमा मुलुकको अर्थतन्त्र बलियो हुने र विकासले गति लिन सक्नेमा जोड दिनुभयो ।

उहाँले विकासको खुड्किलो उद्योग व्यवसाय नै भएकाले यसको समग्र विकासमा हातेमालो आवश्यक रहेकाले सबै व्यवसायीलाई नागरिकस्तरबाट पनि भरपुर सहयोग हुनुपर्नेमा जोड दिनुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले उद्योग र व्यवसायबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव रहेकाले यसको हितमा हुने गरी काम गर्न सरकार र नागरिक लाग्नुपर्ने बताउनुभयो ।

यसै गरी देवचुली नगरपालिकाको दलदलेमा सुरु भएको देवचुली महोत्सवमा दुई सय स्टल रहेका छन् । दुवै महोत्सव माघ १० गतेसम्म चल्ने छन् ।

होत्सवको अवधिमा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति, थारू, मगरलगायत जातजातिका खानाका परिकार, नाचगानलगायतका प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन् ।

prabhu mahalaxmi
kumari bank
kumari