stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार मन्त्री जगदीश खरेलको अन्तर्क्रिया

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इन्ड्राइभ आइसिटी अवार्ड २०२५ का विजेताहरूसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अन्तर्क्रिया गरेका छन्। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खरेलले विजेताहरूका अनुभव, सुझाव तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि गर्नुपर्ने कामका विषयमा छलफल तथा अन्तर्क्रिया गरेका हुन्।

करिब डेढ घण्टा विजेताहरूका धारणा सुनेपछि मन्तव्य राख्दै मन्त्री खरेलले सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। साथै, अन्य मन्त्रालयसँग समन्वय र सहकार्यका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सम्पर्क मन्त्रालयको भूमिकामा काम गर्ने बताए।

‘डिजिटल नेपालको स्पष्ट रोडम्याप तयार पारेर मुलुकलाई डिजिटल युगतर्फ अगाडि बढाउन खोजिरहेका छौं,’ मन्त्री खरेलले भने, ‘यसको भविष्य भनेकै सूचना प्रविधि क्षेत्रमा योगदान गरिरहेका तपाईंहरूजस्ता व्यक्ति तथा संस्थाहरू हुन्।’

छलफलका क्रममा अवार्ड विजेताहरूले सार्वजनिक सेवा प्रवाहमा प्रविधिको अधिकतम प्रयोग गर्न, डिजिटल पूर्वाधार विकासमा लगानी बढाउन, आईटीसम्बन्धी नीति तथा कानुनहरू समयानुकूल संशोधन गर्न, देशभर गुणस्तरीय र किफायती कनेक्टिभिटी सेवा सुनिश्चित गर्न तथा अनुसन्धान र विकास ९आरएन्डडी० लाई प्रोत्साहन गर्न सरकारलाई सुझाव दिएका थिए।

उक्त अन्तर्क्रिया कार्यक्रममा आइसिटी अवार्ड २०२५ का विजेताहरूसँगै अवार्डका जुरी

सल्लाहकारहरू — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्का, काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रा.डा. मनिष पोखरेल, दूरसञ्चार विज्ञ आनन्दराज खनाल तथा जुरी सदस्यहरू नेपाल खुला विश्वविद्यालयका डा. भोजराज घिमिरे, सञ्चार मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, दूरसञ्चार विज्ञ विशालमणि उपाध्याय र राष्ट्रिय आविष्कार केन्द्रका डिजिटल हेल्थ टिम लिड सञ्जय पौडेलको पनि उपस्थिति रहेको थियो ।

दशौं संस्करणको आइसिटी अवार्डको ग्राण्ड फिनाले गत पुस ४ गते सम्पन्न भएको थियो, जहाँ सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्टार्टअप, नवप्रवर्तनकर्ता, व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको थियो ।

आइसिटी अवार्ड २०२५ का विजेता

इन्ड्राइभ स्टार्टअप आइसिटी अवार्डस् आर्कबो टेक्नोलोजीज प्रालि
प्रडक्ट आइसिटी अवार्डस् क्विकसीसीए
राइजिङ स्टार आइसिटी अवार्डस् माइण्डब्रिज
सोसल इन्नोभेसन आइसिटी अवार्डस् कताहो
हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्डस् ट्रिप टर्बो प्रालि
जुरी मेन्सन आइसिटी अवार्डस् वायुदृष्टि
वुमन आइकन आइसिटी अवार्डस् मुन्नी राजभण्डारी
पायोनियर आइसिटी अवार्डस् डा। एलेन बौलोचन तुलाधर
आन्टरप्रेनर आइसिटी अवार्डस् विभुषण विष्ट
नेपाली डायस्पोरा आइसिटी अवार्डस् दिनेश सिलवाल
प्रोफेसनल एक्सिलेन्स आइसिटी अवार्डस् रामकृष्ण परियार
डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) कोपिला भ्याली स्कुल, सुर्खेत
डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) नारायणी माध्यमिक विद्यालय, चितवन
डिजिटल सर्भिसेस आइसिटी अवार्ड (इन्टरप्राइज सेक्टर)  एनएमबि बैंक
डिजिटल सर्भिसेस आइसिटी अवार्ड (नियो सेक्टर०) एम्बिसन गुरू
डिजिटल गभर्नेन्स आइसिटी अवार्डस् सामाजिक सुरक्षा कोष
साउथ एसिया स्टार्टअप आइसिटी अवार्डस् प्रियोशप (बंगलादेश)
सातै प्रदेशका उत्कृष्ट स्टार्टअपहरू (कोशीदेखि सुदूरपश्चिमसम्म क्रमशः)
मेडिक्याब टेक्नोलोजिज प्रालि, जानकी सफ्ट इन्टरनेशनल प्रालि, क्लाउड मण्डप प्रा.लि, ब्राण्ड बिल्डर प्रालि, गोल्डेन टेक्नोसफ्ट आईटी सोलुसन, एभरेष्ट वायरलेस नेटवर्क प्रालि र बिजी इन्फोटेक्स प्रा.लि।

prabhu mahalaxmi
kumari bank
kumari