stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाको इकाई खरिदका लागि मागभन्दा धेरै आवेदन परेको छ । सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धन रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालन हुने रु. १ अर्ब आकारको चौथो बन्दमुखी योजना ‘‘सिटिजन्स सन्तुलित योजना” को इकाईमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुबाट १ अर्ब २५ करोड भन्दा बढी अर्थात माग गरे भन्दा २५ प्रतिशत बढि रकमका लागी आवेदन पर्न गएको हो ।

सो इकाई बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त भई योजनाको सार्वजनिक निष्काशन तथा बिक्री पुस ४ गतेदेखि पुस १८ गतेसम्म खुल्ला गरिएकोमा प्रारम्भिक विवरण अनुसार सो अवधि भित्र उक्त आवेदन परेको हो ।

साथै सिटिजन्स क्यापिटल लिमिटेडबाट संचालन हुने यस योजना बढी आवेदन प्राप्त भएका म्युचुअल फण्ड मध्य एक हुन सफल भएको छ । यस योजना प्रति आम लगानीकर्ताहरुको आकर्षण तथा उल्लेखनिय सहभागिताले सिटिजन्स क्यापिटल लिमिटेड नेपालको पूँजी बजारमा एउटा दक्ष, व्यवसायिक तथा विश्वसनीय संस्थाको रुपमा स्थापित रहेको प्रतिबिम्बित भएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनीको रुपमा रहेको यस कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको समेत लगानी रहेको छ भने यस कम्पनीका अध्यक्षको रुपमा राजेन्द्र लाल श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा सबिर बादे श्रेष्ठ रहेका छन् ।

सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी, लगानी व्यवस्थापन सेवा, धितोपत्र प्रत्याभुति, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, शेयर रजिष्ट्रार सेवा र संस्थागत परामर्श सेवा जस्ता विभिन्न सेवाहरू प्रदान गर्दै आईरहेको संस्था हो ।

IME Lifesidebar
kumari