stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सिए प्रविणकुमार झा साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा)को उपाध्यक्ष मनोनीत हुनुभएको छ । उहाँको कार्यकाल सन् २०२६ को जनवरी १ बाट शुरु भइसकेको छ ।

आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिबिम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरु सिए कोमलबहादुर चित्रकार र सिए डा. सुवोधकुमार कर्णले क्रमशः सन् २०१० र २०१८ मा  अध्यक्षको रुपमा साफाको नेतृत्व गर्नुभएको थियो ।

साफामा उहाँहरुको नेतृत्वले आइक्यानका लागि महत्वपूर्ण कोसेढुंगाको काम गरेको छ ।
आइक्यानले नयाँ जिम्मेवारीका लागि सिए प्रविणकुमार झालाई बधाई ज्ञापन गर्दै उहाँको नेतृत्वले क्षेत्रीय सहकार्य र दक्षिण एसिया क्षेत्रमा लेखा व्यवसायलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari