नेप्सेमा हिमालयन डिस्टिलरीको बोनस शेयर थपियो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज करिब साढे ६१ लाख कित्ता शेयर थपिएको छ। नेप्सेमा हिमालयन डिस्टिलरीको बोनस शेयर सूचीकृत भएको हो। यो कम्पनीको ६१ लाख ४६ हजार ८०३.६२ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा थपिएको हो।





























