stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नाडा अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। नेपाल अटोमोबाइल्स क्षेत्रको छाता संस्था नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले नयाँ नेतृत्व पाएको छ। आगामी कार्यकालका लागि महासचिव सुरेन्द्रकुमार उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

उक्त निर्वाचनका लागि आगामी पुस २५ गते निर्धारित गरिएको भए पनि उम्मेदवारी दर्ताको समय बिहीबार मध्याह्न १२ बजेसम्म तोकिएको थियो।

सो समयसीमाभित्र अध्यक्ष पदका लागि उप्रेती मात्र उम्मेदवारी दिएका कारण उनी स्वतः निर्विरोध चुनिएका हुन्। निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ।

उप्रेती लामो समयदेखि नाडाको विभिन्न जिम्मेवारीमा रहेर अटोमोबाइल क्षेत्रको विकासमा सक्रिय रहँदै आएका छन्। उनले पहिले कोषाध्यक्ष र महासचिवका रूपमा काम गर्नुका साथै लुब्रिकेन्ट तथा वातावरण समितिको सदस्यको रूपमा पनि योगदान दिएका छन्।

व्यवसायिक रूपमा उनी एसटीसी ग्रुपका प्रबन्ध निर्देशक हुन्। उप्रेतीको नेतृत्वमा रहेको कम्पनीले नेपालमा  टायर,  लुब्रिकेन्ट,  ब्याट्री र स्पेयर पार्ट्सको व्यवसायमा स्थिर उपस्थिति कायम गर्दै आएको छ।

prabhu mahalaxmi
kumari bank
kumari