stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु इन्स्योरेन्सको बोनस शेयर डिम्याट खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ।

कम्पनीको गत साउन २३ गते सम्पन्न भएको वार्षिक साधारणसभाले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि १८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार सोही बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको हो। यो बोनस शेयर पुस १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार हुने व्यवस्था समेत भइसकेको छ। बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि मात्रै डिम्याट खातामा पठाइने गरिन्छ।

साथै साउन १ गतेसम्म यस कम्पनीको शेयर धितो राखेर ऋण लिएका शेयरधनीको हकमा ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै लाभांश रोक्का राखिएकाले सम्बन्धित संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्रै खातामा पठाइने जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari