stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

अनलिमिटेड बेभरेज’ र ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ का साथ हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

बुटवल ।  हयात प्लेस बुटवलले सन् २०२६ को नयाँ वर्षलाई स्वागत गर्न आफ्नो विशेष कार्यक्रम “न्यु इयर्स इभ अन्डर द स्टार्स” मा सहभागी हुन सबैलाई आमन्त्रित गरेको छ।

खुला आकाशमुनि र ‘पुलसाइड’ मा आयोजना हुने यो कार्यक्रममा ‘अनलिमिटेड बेभरेज’, भरपूर मनोरञ्जन र मध्यरातमा ‘काउन्टडाउन’ सहितको भव्य उत्सव हुनेछ, जसलाई अविस्मरणिय साँझ बनाउने तयारी गरिएको छ।

यो साँझलाई अझ रमाइलो र जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशी, स्थानीय ब्यान्डको लाइभ प्रस्तुति, डिजेको जोसपूर्ण संगीत, बेली डान्स तथा आइटम डान्स जस्ता आकर्षक प्रस्तुतिहरू रहनेछन्। साथमा ‘लाइभ बार्बिक्यु’ (बदेल) को स्वादले माहोललाई सुरुदेखि अन्त्यसम्म उर्जाशील बनाउँने छ।
कार्यक्रमका प्याकेजहरूः
कपल पार्टी प्याकेज – ने.रु. १६,९९९/ भा.रु. १०,६२५
(दुई जनाको लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश)
स्टे एण्ड पार्टी प्याकेज – ने.रु. २४,९९९/ भा.रु. १५,६२५
(दुई जनाको लागि एक रातको बसाई/स्टे, अनलिमिटेड बेभरेज सहित पार्टी प्रवेश र बिहानको ब्रेकफास्ट समावेश)

अर्ली बर्ड अफर (२८ डिसेम्बर २०२५ सम्म मान्य):
कपल पार्टी प्याकेज – ने.रु. १२,९९९/भा.रु. ८,१२५
स्टे एण्ड पार्टी प्याकेज – ने.रु. १९,९९९/ भा.रु. १२,४९९
सीमित टेबलहरू मात्र उपलब्ध भएकोले, यो खुला आकाशमुनिको ‘पुलसाइड’ उत्सवले नयाँ वर्षमा पाइला टेक्नको लागि एक ग्ल्यामरस र उत्साहजनक अनुभव प्रदान गर्नेछ।

यस अवसरमा बोल्दै हयात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नागरले आफ्नो योजनाबारे भन्नुभयो, “यस नयाँ वर्षमा हाम्रो उद्देश्य भनेको खुला, ऊर्जावान र कहिल्यै नबिर्सिने अनुभव प्रदान गर्नु हो। डाँडाकाँडाको सुन्दर दृश्य र लाइभ म्युजिकको जोसका साथ तारामुनि मनाइने यो ‘ओपन स्काई पुलसाइड सेलिब्रेसन’ ले स्वतन्त्रता र खुसीको महसुस गराउने छ।

हाम्रा पाहुनाहरूले सन् २०२६ को सुरुवात पूर्ण जोस (भाइब्रेन्सी) र स्टाइलका साथ गरून् भन्ने हाम्रो चाहना हो।”
रिजर्भेसनका लागि +९७७ ९७०–५४६३०२८ / ९७०–५४६३०२७ मा सम्पर्क गर्न सक्नुहुनेछ भने
थप जानकारीको लागि हयात प्लेस बुटवलको वेबसाइट : hyattplacebutwal.com मा जान सक्नुहुनेछ।

prabhu mahalaxmi
kumari bank
kumari