stcnepal long ad
global ime bank long

पेट्रोलको मूल्य बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर पठाएको छ। समायोजित मूल्यअनुसार पेट्रोलको मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको भाउ घटेको छ।

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेर नयाँ सूची पठाउने गरेको छ। नयाँ समायोजित मूल्यअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको भाउ प्रतिलिटरमा ४ रुपैयाँ घटाएको छ।

समायोजित मूल्य अनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर पेट्रोल १६०.५० रुपैयाँ र डिजेल तथा मट्टीतेल १३९.५० रुपैयाँ कायम भएको छ।

यसैगरी दोस्रो वर्गमा सुर्खेत र दाङमा प्रतिलिटर पेट्रोल १६२ रुपैयाँ तथा डिजेल र मट्टीतेल १४१ रुपैयाँ निगमले कायम गरेको छ। तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा प्रतिलिटर पेट्रोल १६३ रुपैयाँ र डिजल तथा मट्टीतेलको १४२ रुपैयाँ मूल्य निर्धारण गरिएको छ।

IME Lifesidebar
kumari