stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वाणिज्य र विकास बैंकहरुले पुसका लागि घटाए ब्याजदर

केही बैंकको मात्र स्थिर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अधिकांश बैंकहरुले पुस महिनाका लागि लागू हुने नयाँ ब्याजदर आज सार्वजनिक गरेका छन्। हालम्म प्राप्त सूचना अनुसार अधिकांश वाणिज्य र विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने थोरैले स्थिर राखेका हुन्।

१८ वटा वाणिज्य बैंकको सूचनाका आधारमा १४ वटाले पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ वटाले स्थिर राखेका छन्।

ब्याजदर घटाउने वाणिज्य बैंकहरुमा कृषि विकास बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक, नबिल बैंक, लक्ष्मी सनराइज बैंक र नेपाल बैंक रहेका छन्।

पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकत ब्याजदर कृषि विकास बैंकले ४.५५ प्रतिशत, कुमारी बैंकले ४.३३ प्रतिशत, एभरेष्ट बैंकले ४.७५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.६ प्रतिशत, सानिमा बैंकले ४.७५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, प्राइम बैंकले ४.२५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.५५ प्रतिशत, हिमालयन बैंकले ४ प्रतिशत, नबिल बैंकले ४.५५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ४.७५ प्रतिशत र नेपाल बैंकले ५.१० प्रतिशत कायम गरेका छन्।

यसअघि मंसिरमा कृषि विकास बैंकले ४.७० प्रतिशत, कुमारी बैंकले ४.७१ प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ५.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४.७ प्रतिशत, सानिमा बैंकले ५ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ४.७५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.८० प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, नबिल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत र नेपाल बैंकले ५.२५ प्रतिशत दिएका थिए।

यसैगरी पुसमा मंसिरकै ब्याजदरलाई निरन्तरता दिने वाणिज्य बैंकहरुमा सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र एनआईसी एसिया बैंक छन्। अब पुसमा यी चारवटै बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर नै कायम गरेका छन्।

उता राष्ट्रियस्तरका अधिकांश बैंकहरुले पनि पुसका लागि ब्याजदर घटाएका छन्। ब्याजदर घटाउनेमा मुक्तिनाथ, लुम्बिनी, कामना सेवा, सांग्रिला र गरिमा छन्।

पुसका लागि व्यक्तिगत मुद्दति निक्षेपमा मुक्तिनाथ विकास बैंक र लुम्बिनी विकास बैंकले ५.५ प्रतिशत तथा कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ५.५५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

मंसिरमा मुक्तिनाथ विकास बैंकले ५.६५ प्रतिशत तथा लुम्बिनी, कामना सेवा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र गरिमा विकास बैंकले ५.६४ प्रतिशत ब्याज दिएका थिए।

महालक्ष्मी विकास बैंकले भने मंसिरकै ब्याजदरलाई पुसमा निरन्तरता दिएको छ। यो बैंकले पुसमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ५.८० प्रतिशत ब्याजदर कायम गरेको हो।

prabhu mahalaxmi
kumari