stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।

नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रा.लि.द्वारा चितवनमा आयोजित ‘वार्षिक वितरक भेला २०२५’ मा सम्मानित एवं पुरस्कृत हुने सर्वोत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेसनल प्राइभेट लिमिटेड (काठमाडौँ), जे फोर टिच प्राइभेट लिमिटेड (काठमाडौँ), सुप्रिम ट्रेडर्स (काठमाडौँ) छन् ।

त्यसैगरी, तेजस्वी कम्प्युटर सपोर्ट (झापा विर्तामोड) प्यारागन आइटी सोलुसन (इटहरी सुनसरी), रिना इन्टरप्राइजेज (बनेपा), ओभरअल इन्जिनियरिङ सोसुलसन्स (भक्तपुर), आरएस कम्प्युटर (झापा दमक), सिम्लफाइ आइटी सोलुसन प्राइभेट लिमिटेड (वीरगञ्ज), दाजुभाइ ट्रेडर्स (बुटवल) छन् ।

हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झी, म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक मणिकुमार तामाङ, प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले संयुक्त रूपमा ती वितरकका प्रमुखहरुलाई विशेष सम्मान एवं पुरस्कृत गर्नुभएको थियो ।

कम्पनीद्वारा आइतबार यहाँ जारी विज्ञप्तिका अनुसार सो कार्यक्रममा ‘एक्सलेन्स डेमो सोरुम अवार्ड’ रिना इन्टरप्राइजेज (बनेपा), ‘इनोभेटिभ मार्केटिङ अवार्ड’ सिम्लिफाइ आइटी सोलुसन्स प्रा.लि. (वीरगञ्ज) ‘बेसट डिल अवार्ड’ दाजुभाइ ट्रेडर्स (बुटवल) ‘बेस्ट पेमेन्ट परफेन्स अवार्ड’ जेफोर टेक (काठमाडौँ), ‘प्रम्ट पेमेन्ट अवार्र्ड’ एटलास इन्फोटिच ग्रुप (बुटवल) लाई प्रदान गरिएको थियोभने ‘न्यू इन्ट्री इनोभेटिभ सेल्स अवार्ड’ न्यू कम्युटर बजार (बागलुङ), ‘प्रोजेक्ट सेल्स एक्सलेन्स अवार्ड’ सिनर्जी आइटी सोलुसन्स (काठमाडौँ) लाई प्रदान गरिएको थियो ।

पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसीटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल, टोल, सार्वजनिकस्थललगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको ‘सिसीटिभी’, हाजिरी उपस्थिति उपकरण, ‘स्मार्ट इन्टरआक्टिभ बोर्ड’, ‘लक सिस्टम’, ‘गेट ब्यारिअर’, ‘अलार्म सिष्टम’, ‘फायर स्मोक’लगायत ‘डिटेक्टर सिष्टम’, ‘अन्डर भेहिकल सर्भिलियन्स सिष्टम’ ‘एक्सरे मेसिन’लगायत उपकरण उत्पादित छन् । यी उपकरण विश्वबजारमा लोकप्रिय छ ।

सो वितरक भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारिक वितरक सहभागी भएका थिए । भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक झी हिक भिजन ‘ब्राण्ड’का उत्पादनले विश्वबजारमा पहिलो स्थान प्राप्त गरेका दाबी गर्दै यो विश्वास र गुणस्तरीयता कायमै राखिने जानकारी दिनुभयो ।

म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक अधिकारीले सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्डिल सफ्टवेयर’का बारेमा जानकारी लिन भेला सफल भएको बताउनुभयो । विज्ञप्तिका अनुसार भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षासमेत गरिएको थियो ।

म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रा.लि.का सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दो रहेका बताउनुभएको विज्ञप्तिमा उल्लेख छ ।

भेलामा सूचना प्रविधिका नवीनतम उपकरणका महत्वका बारेमा राजन दाहालले विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari