इमर्जिङ्ग नेपालको नगद लाभांश घोषणा
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको मुनाफा तथा संचित कोषबाट हाल कायम चुक्ता पूँजी ५५ करोड ५६ लाख रुपैयाँको ५.२६३१५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरणको निर्णय गरेको हो।
लाभांश कम्पनीको अब हुने १०औं वार्षिक साधारणसभाबाट पारित भएपछि एवं कम्पनी ऐन, २०६३ को दफा १८२(२) अनुसार नेपाल सरकार, अर्थ मन्त्रलायको स्वीकृतपश्चात् वितरण गरिने जानकारी दिएको छ।
कम्पनीले १०औं वार्षिक साधारणसभा, साधारणसभामा पेश गरिन एजेण्डाहरू एवं बुक क्लोजको मिति तय गरिसकेको छैन भने यी सूचनाहरू पछि प्रकाशित गरिने कम्पनी सचिव रमेश भण्डारीले जानकारी दिएका छन्।





























