stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

आइतबार न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अधिकारीसँगै अनुसन्धानका लागि हिरासतमा रहेका क्यानका निर्देशक मुरारी भण्डारीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

अधिकारी र भण्डारीमाथि नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

prabhu mahalaxmi
kumari