stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आइतबार नेप्से परिसूचक दोहोरो अंकले घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्ड‍ेक्स २.७० अंकले घटेर ४४८.२५ विन्दुमा अडिएको छ।

यसदिन ३२५ स्क्रिप्स १ करोड ७ लाख १८ हजार ६१५ कित्ता सेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ रुपैयाँमा खरिद बिक्री भए। नेप्से दोहोरो अंकले घटे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

स्वस्तिक लघुवित्त वित्तीय संस्था,श्रीनगर एग्रिटेक इन्डस्ट्रिज र झापा इनर्जीको सेयर १० प्रतिशतले बढ्यो। बुंगल हाइड्रोका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.५१ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा सागर डिस्टिलर शीर्षस्थानमा रह्यो । सो कम्पनीको ४३ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसदिन ४६ कम्पनीको मूल्य बढ्दा २०४ को घटेको छ भने ८ को स्थिर रह्यो।

नगदी ग्रुपले ३२ करोडको सेयर कारोबार गर्दा बन्दिपुर केवलकारले १५ करोड, युनाइटेड मोद हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्सको १३र१३ करोडको सेयर कारोबार भयो।

आज बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ तथा व्यापार १.२१ प्रतिशत घटेको छ।

prabhu mahalaxmi
kumari bank
kumari