stcnepal long ad
ime life insurance
national life
global ime bank long

सहकारी संस्थामा थप कडाइ, व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सहकारी संस्थाको कारोबारमा थप कडाइ गरेको छ। अब सहकारी संस्थामा व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट गर्न नपाउने नियम लागू गरिएको हो।

सहकारी विभागले सहकारी संस्थाहरुको नाममा एउटा परिपत्र जारी गर्दै सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ ले सहकारी संस्थाहरुलाई पनि वित्तीय संस्थाको रुपमा परिभाषित गरे अनुरुप सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१ क को व्यवस्थाबमोजिम व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न र नगराउन निर्देशन दिएको हा।

त्यस्तो कारोवार भएको पाइएमा वित्तीय जानकारी इकाइमा प्रतिवेदन गर्न विभागले सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ।

परिपत्रमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम १० मा ‘व्यावसायिक कारोबार तथा खातासम्बन्धी व्यवस्थाः कानुनी व्यक्ति वा कानुनी प्रवन्धले व्यावसायिक कारोवारसँग सम्बन्धित रकम त्यस्तो कानुनी व्यक्ति वा कानुनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानुन बमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा सम्बन्धित वित्तीय संस्थाले सोको जानकारी वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागलाई दिनुपर्ने उल्लेख छ।

यसैगरी आयकर ऐन, २०५८ को दफा ८१ क मा ‘व्यावसायिक कारोबारबापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइनेः कुनै पनि व्यक्तिले व्यावसायिक कारोबार बापत प्राप्त नगद, चेक, क्यूआर कोड तथा अन्य कुनै विद्युतीय माध्यमवाट प्राप्त हुने कुनै पनि रकम व्यक्तिगत बैंक खातामा जम्मा गर्न नपाइने परिपत्रमा स्पष्ट पारिएको छ।

IME Lifesidebar
kumari