stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

नेपालमा अब ठुला दरका भारु चल्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठुला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ । सन् २०१६ नोभेम्बरमा भारतले ठुला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा ठुला नोट प्रतिबन्ध लागेको थियो ।

भारतीय रिजर्भ बैङ्कले त्यहाँको राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल र भुटानमा एकभन्दा ठुला दरका भारतीय नोट प्रचलनमा ल्याउन पाउने सूचित गरेको हो ।

सूचना अनुसार अब नेपाली तथा भारतीय नागरिक नेपाल–भारत आवतजावत गर्दा २५ हजार भारुसम्म नगदै एक सयभन्दा ठुला नोट ल्याउन लैजान पाउने छन् ।

यसले गर्दा भारतीय पर्यटक, भारतमा रहेका नेपालीले नेपाल आउँदा २५ हजार रुपियाँसम्म ठुला भारु नोट नेपाल ल्याई प्रचलनमा ल्याउन सक्ने छन् । त्यस्तै नेपालमा रहेका भारतीय नागरिक, भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीले पनि यस्तो नगद साथै लैजान पाउने छन् ।

भारतमा राजपत्रमा यो सूचना आएसँगै अब नेपाल राष्ट्र बैङ्कले भारतीय ठुला नोट प्रचलनमा ल्याइएको औपचारिक जानकारी गराएपछि कार्यान्वयनमा जाने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

“भारतको राजपत्रमा यस्तो सूचना आइसकेको छ, यसलाई नेपालमा कार्यान्वयन गराउन राष्ट्र बैङ्कले औपचारिक रूपमा सूचना निकाल्छ,” उहाँले भन्नुभयो ।

भारतले ठुला दरका नोट प्रचलन अनुमति दिए पनि विगतमा नोटबन्दीमा परेका ठुला नोट भने चल्तीमा आउने छैनन् । सन् २०१६ को नोटबन्दीका कारण नेपालको औपचारिक वित्तीय प्रणालीमा रहेको करिब आठ करोड रुपियाँ बराबरको भारु नोट चलाउन भने नपाइने उहाँले बताउनुभयो ।

“भारतको यो सूचनाले नोटबन्दीमा परेका नोट चलाउन मिल्ने भनेको होइन, सर्वसाधारणले यो बुझ्न जरुरी छ,” उहाँले भन्नुभयो, “कतिपय नागरिकले पुराना नोट राखेका हुन सक्छन् तर त्यो चलाउन मिल्दैन ।” यो अवस्थाले विदेशी मुद्रा व्यक्तिले सञ्चित गर्नु हुँदैन भन्ने पाठ सिक्न जरुरी रहेको उहाँले बताउनुभयो ।

prabhu mahalaxmi
kumari bank
kumari