stcnepal long ad
ime life insurance
national life
global ime bank long

आजसम्म सिक्लेस हाइड्रोपावरको शेयर किन्नेले लाभांश पाउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आफ्ना २०औं र २१औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म यस कम्पनीको शेयर किन्नेले लाभांश प्राप्त गर्नेछन्।

यस कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले गत दुई आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

उक्त निर्णय पारित गर्नका लागि यही मंसिर २९ गते सोमबार कास्की जिल्लाको पोखरा–१७ घारीपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजेदेखि दुई आर्थिक वर्षको साधारणसभा एकैचोटी बस्दैछ।

सभाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari