stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

मेची भन्सार कार्यालयः आयात बढ्दा निर्यात घट्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

भद्रपुर । आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्य बराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आर्थिक वर्ष को सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाख बराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाख बराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए ।

काँकरभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पाता लगायत निर्यात हुने गरेका छन् ।

उक्त कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु पाँच अर्ब ४६ करोड एक लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long