stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएकाे छ।

नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच २०८२ मंसिर १६ गते पर्यटन प्रवर्द्धन तथा हवाई सेवामा सहकार्यसम्बन्धी एक महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको निगम स्राेतले जानकारी दिएकाे छ ।

सम्झौतापत्रमा निगमका तर्फबाट कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र नेपाल पर्यटन बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले हस्ताक्षर गरेका छन ।

निगमको केन्द्रीय कार्यालय,न्युरोडमा आयोजित विशेष समारोहमा दुवै संस्थाका उच्च अधिकारीहरूको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियाे ।

यस अवसरमा दुवै पक्षबाट पर्यटन र हवाई सेवालाई राष्ट्रिय विकासको महत्वपूर्ण आधार मान्दै सहकार्यलाई दीर्घकालीन रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long