stcnepal long ad
global ime bank long

संघसंस्थामा अनियमितता बढेको गुनासोपछि काठमाडौँ प्रशासनले थाल्यो छानबिन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा दर्ता भएका संघसंस्थाका पदाधिकारीहरूले आर्थिक तथा प्रशासनिक अनियमितता गरेको गुनासो बढेपछि छानबिन थालिएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खिमराज भुसालले अनियमितताको गुनासो बढेपछि छानबिन थालिएको बताए।

उनका अनुसार हाल काठमाडौँमा दर्ता भएका केही संघसंस्थामा विधान विपरीतका गतिविधि हुने गरेको, कार्यसमितिले मनोमानी ढंगबाट कार्य गरेको, आर्थिक अनियमितता हुने गरेको लगायत विषयमा पटक–पटक गुनासा आएका छन्। ती गुनासा तथा उजुरी सम्बोधन गर्न समिति बनाएरै छानबिन थालिएको छ।

प्रवक्ता भुसालले गुनासा सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको र समितिले काम थालिसकेको जानकारी दिए।

IME Lifesidebar
kumari