‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रर्दशनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ। ग्लाड स्टोन एकेडेमीले ३० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेको हो।

यस्तै प्रदर्शनीमा सहभागी संस्कार गुरुकुल स्कुलले दोस्रो स्थान हासिल गर्दै २० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गरेको छ। तेस्रो स्थान हासिल गर्दै नेपाल पुलिस स्कुलले १० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको छ।

प्रर्दशनीमा सहभागी विद्यार्थीहरूले भोट गरेको प्रदर्शनरत उपकरण एवं सामाग्री मध्येबाट पाउने ऐभरेष्ट इङ्लिस स्कुलले ५ हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्न सफल भएको हो। सहभागी भएका ६७ वटा स्कुललाई उपकरण एवं सामाग्री निर्माणमा सहयोग स्वरूप प्रतिविद्यालय ६ हजार रूपैयाँ प्रदान गरिएको थियो।

प्रदर्शनीमा उपत्यका भित्रका ६७ वटा विद्यालयका विद्यार्थीद्वारा निर्मित ९३ वटा उपकरण एवं सामाग्रीहरू प्रदर्शनीमा राखिएको थियो। दुई दिनसम्म सञ्चालन भएको यस पर्दशनीमा १० हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए।

प्रर्दशनीमा विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान र सूचना प्रविधि तर्फको नविनम प्रयोगलाई जोड दिदैँ निर्माण गरेका स्मार्ट सिटी, वाटर सिस्टम, वाटर पोलुसन, स्मार्ट होम लगायतका विभिन्न उपकरण एवं सामाग्रीहरू प्रदर्शन गरेका थिए।

मिड भ्याली कलेजले यस्ता क्रियाकलापमा जोड दिदैँ आगामी दिनमा पनि यस्ता कार्यक्रमको आयोजना गर्दै विद्यार्थीलाई खोज अनुसन्धान तर्फ थप उत्प्रेरित गर्ने जनाएको छ।

IME Lifesidebar
kumari