stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कालिञ्चोक दर्शनको लाभांश घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो दरमा लाभांश वितरण गरिनेछ।

कालिञ्चोक दर्शन लिमिटेडले दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर १ कुरी बजारदेखि कालिञ्चोक भगवतीको मन्दिरसम्म केबुलकार सञ्चालन गरिरहेको छ ।

prabhu mahalaxmi
kumari