stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सोल्टी होटल र साहस उर्जाको लाभांश सुरक्षित गर्ने आज मंसिर ४ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोल्टी होटलले मंसिर ५ गतेदेखि २८ गतेसम्म र साहस उर्जाले मंसिर ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछन् ।

त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कामय सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सोल्टी होटलले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट चक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १६.५७ प्रतिशत नगद गरी ३१.५७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न होटलले मंसिर २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लब काठमाडौंमा ५१ औँ वार्षिक साधारण सभा बिहान १० बजे बोलाएको छ ।

यस्तै, साहस उर्जाले गत आर्थिक वर्ष २०८१र८२ को नाफाबाट चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१० प्रतिशत नगद गरी कुल २२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले मंसिर २४ गते कार्की व्याङक्वेट काठमाडौंमा १६औँ वार्षिक साधारण सभा बिहान ११ बजे डाकेको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long