ङादी ग्रुप पावरको बाह्रौं वार्षिक साधारणसभा मंसिर २५ गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित बाह्रौं वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ।

साधारण सभा यही मंसिर २५ गते काठमाडौंको शखंपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजेदेखि शुरू हुनेछ। साधारण सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र .।२५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ५ प्रतिशत लाभांश पारित गर्नेछ।

त्यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी सञ्चालकको भत्ता, सेवा र सुविधा, सञ्चालकको नियुक्ति अनुमोदन, सञ्चालक समितिबाट भए गरेका निर्णय र काम कारवाही अनुमोदन, संस्थागत सुशासन प्रतिवेदन स्वीकृत गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संधोन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले यही मंसिर १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

IME Lifesidebar
kumari