stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल टेलिकमको राजश्व तथा खुद मुनाफामा परिवर्तन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं– नेपाल टेलिकमले आफ्नो प्रथम त्रैमासिक (असोज मसान्त) को वित्तिय विवरण सार्वजनिक गरेको छ । टेलिकमले यो अवधिमा भएको राजस्व तथा खुद मुनामा परिवर्तन हुने कारणहरुसमेत स्पष्टप पारेको छ ।

यस्तो छ नेपाल टेलिकमको वित्तिय विवरण

नेपाल टेलिकमको आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक वित्तीय विवरण (Unaudited) को सारांश

(क) आय

१, चालू आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कम्पनीको कुल सञ्चालन आय रू ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको कुल सञ्चालन आय रू ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रहेकोमा चालू वर्षको तुलनामा रू ६ लाख ७१ हजार (०.०१%) ले कमी आएको छ।

२, यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कम्पनीको कुल आय रू ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रहेको छ । गत वर्षको सोही अवधिको कुल आय रू १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रहेकोमा यस वर्ष रू ५९ करोड २६ लाख ८५ हजार (५.८९%) ले कमी भएको छ ।

(ख) मुनाफा (एचयाष्त)

१, यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कम्पनीको भ्द्यEBITDA (Earnings Before Interest, Taxes, Depreciation and Amortization)  रू ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रहेको छ । गत वर्षको सोही अवधिको EBITDA रू ५ अर्ब ४१ करोड ५९ लाख ७७ हजार रहेकोमा चालू वर्षमा रू ६६ करोड ५५ लाख ६ हजार (१२.२९%) ले कमी भएको छ।

२, चालू आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म करअघिको मुनाफा (Profit Before Tax) रू २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ । यो रकम गत आर्थिक वर्षको को सोही अवधिमा रू ३ अर्ब ५५ करोड ३६ लाख ९४ हजार रहेकोमा यस वर्ष रू ६७ करोड १५ लाख ७८ हजार (१८.९०५) ले कमी भएको छ ।

३, यस आर्थिक वर्षको प्रथम त्रैमासिकमा कम्पनीको खुद मुनाफा ((Net Profit) रू १ अर्ब ३२ करोड ५१ लाख ७५ हजार रहेको छ । गत वर्षको सोही अवधिमा यो रू १ अर्ब ७३ करोड ९५ लाख ९० हजार रहेकोमा यस वर्ष रू ४१ करोड ४४ लाख १५ हजार (२३.८२५) ले कमी भएको छ।

४. कम्पनीको प्रति शेयर आम्दानी (EPS – annualized) रू २९.४५ रहेको छ।

(ग) राजस्व र खुद मुनाफामा आएको कमीका प्रमुख कारणहरू

• OTT  सेवाहरूको अत्यधिक प्रयोग  (जस्तै– WhatsApp, Viber, Messenger आदि)  का कारण विदेशबाट आउने भ्वाइस कलको परिमाण घटेपछि अन्तरआवद्धता आय गत वर्षको सोही अवधिको तुलनामा करिब रू। १० करोड ९७ लाख ४२ हजार (१७.२९%) ले कमी आएको।

• बजारमा  व्याजदर घटेका कारण मुद्दती निक्षेपबाट प्राप्त ब्याज आम्दानी करिब ५० करोडले घटेको, जसका कारण ब्याज आम्दानीमा ४९५ कमी आएको।

• कर्मचारी खर्चमा वृद्धि;

कर्मचारी बीमा खर्च रू १.९५ करोडले वृद्धि,

योगदानमा आधारित पेन्सन योजनाको Discount Rate ७.५५ बाट ७%मा झर्दा अवकाश सम्बन्धी खर्च रू १६.५ करोडले वृद्धि, जसका कारण कुल कर्मचारी खर्चमा रू ८.८ करोड वृद्धि भएको।

• राष्ट्रका नागरिकका लागि सञ्चार सेवा पुर्‍याउने दायित्व अन्तर्गत विगत र दुर्गम क्षेत्रमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारका कारण लागत बढेको, तर सोही अनुपातमा प्रतिफल प्राप्त नहुँदा मुनाफामा असर परेको।

prabhu mahalaxmi
kumari