stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मुक्तिनाथ विकास बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको कात्तिक १५ गते बसेको उन्नाइसौं वार्षिक साधारण सभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ।

उक्त साधारणसभाले चुक्ता पूँजीको ४.६७ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) पारित गरेको थियो। सोही नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा कात्तिक १५ गतेदेखि नै पठाइएको बैंकले जानकारी दिएको हो।

बैंकको शेयर धितो राखेर ऋण लिएका शेयरधनीले भने ऋण लिएको बैंक तथा वित्तीय संस्थाबाट एनओसी वा फुकुवा पत्र पेश गरेपछि मात्रै बैंक खातामा नगद लाभांश पठाइने बताएको छ।

त्यसैगरी हितग्राही (डिम्याट) खातामा बैंक खाता अद्यावधिक नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि बैंकले आग्रह गरेको छ।

बैंकको साधारणसभाले शेयरधनीलाई नगद लाभांशका साथै १३.५३ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पनि पारित गरेको थियो।

prabhu mahalaxmi
kumari