stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सामसुङले एआई विस्तारका लागि ३१० अर्ब डलर लगानी गर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

दक्षिण कोरियाली प्राविधिक उत्पादन समूह .सामसुङ) ले आगामी पाँच वर्षमा ३१० अर्ब डलर लगानी गर्ने योजना आइतबार सार्वजनिक गरेको छ । यो एआईको विश्वव्यापी उछालबाट प्रेरित बढ्दो मागलाई पूरा गर्ने लक्ष्य साथ आएको हो ।

सामसङ इलेक्ट्रोनिक्स पहिले नै विश्वको शीर्ष मेमोरी–चिप निर्माताहरूमध्ये एक हो र यसले एआई उद्योग र यसमा निर्भर पूर्वाधारको लागि महत्त्वपूर्ण चिप्स आपूर्ति गर्छ ।

दक्षिण कोरिया विश्वव्यापी सेमिकन्डक्टर बजारको अर्को प्रमुख प्रविधि उत्पादक एसके हाइनिक्स रहेको राष्ट्र पनि हो ।

‘पाँच वर्षको लगानी प्याकेजमा ‘मेमोरी चिप्सको मागहरू पूरा गर्न’ डिजाइन गरिएका नयाँ सेमिकन्डक्टर सुविधा ९प्योङटेक प्लान्ट ५० निर्माण गर्ने योजना समावेश रहेको छ’,सामसुङले एक विज्ञप्तिमा जनाएको छ ।

पूर्ण रूपमा सञ्चालनमा आएपछि प्योङटेक प्लान्टले विश्वव्यापी सेमिकन्डक्टर आपूर्ति श्रृंखला र दक्षिण कोरियाको घरेलु चिप्स प्रणाली दुवैमा अझ ठूलो रणनीतिक भूमिका खेल्ने अपेक्षा गरिएको छ । नयाँ सेवा २०२८ मा सञ्चालन सुरु गर्ने योजना रहेको छ ।

कम्पनीले विस्तृत विवरण सार्वजनिक नगरिकन भनेको छ, ‘सामसुङ एसडीएस, समूहको आइटी र लजिस्टिक शाखाले दक्षिण जियोला र गुमीमा दुई एआई डाटा सेन्टरहरू स्थापना गर्नेछ ।’

सामसुङ इलेक्ट्रोनिक्सल एआई–इन्धनको मागको कारण तेस्रो त्रैमासिकमा यसको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतभन्दा बढीले बढेको छ ।

एआई–सम्बन्धित खर्च विश्वव्यापी रूपमा बढिरहेको र आकासिँदो प्रविधिको शेयर मूल्यांकनले एआई बजारमा देखिएका फोका अन्ततः फुट्न सक्छन् भन्ने चिन्तालाई बढाएको छ ।

दक्षिण कोरियाली सरकारले अर्को वर्ष आर्टिफिसियल इन्टेलिजेन्समा तीन गुणा बढी खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेपछि आइतबार घोषणा गरिएको लगानी प्याकेज आएको हो ।

 

prabhu mahalaxmi
kumari